१६ फागुन, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले डा महेशराज पन्त(कामपा–१५)लाई इतिहास र पुरातत्त्व क्षेत्रमा सुझाव र सल्लाह दिने गरी विज्ञमा नियुक्त गर्नुभएको छ ।

त्यसैगरी उहाँले डा कृष्णप्रसाद ओली(कामपा–४)लाई वातावरणका क्षेत्रमा विज्ञ नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यले विज्ञप्ति जारी गरी जानकारी दिनुभएको छ ।