१८ फागुन, हुम्ला । कर्णाली प्रदेशका वन तथा वातावरण उद्योग ऊर्जामन्त्री छिरिङ्ग दम्डुल लामा कार्चेनले आगामी स्थानीय तहको निर्वाचनलाई सहयोग पु¥याउन आग्रह गर्नुभएको छ ।

 सिमकोटस्थित जिल्ला सदरमुकाममा रहेका सरकारी कार्यालयका प्रमुखलाई आज निर्देशन दिनुहुँदै उहाँले कार्यालयमा आउने सेवाग्राहीलाई ‘भोली नभन्न’ निर्देशन समेत दिनुभयो ।   सो अवसरमा प्रमुख जिल्ला अधिकारी सीता परियारले जिल्लाका वस्तुस्थितिका बारेमा  जानकारी गराउनुभयो ।

    यसैबीच, नेपाल नेत्र ज्योति सङ्घ जिल्ला शाखा हुम्लाको छैटौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।  सिमकोट गाउँपालिका कार्यावाहक अध्यक्ष बली रावतले आँखा उपचार सेवामा सङ्घको गतिविधिको सह्ना गर्नुभयो । सङ्घ जिल्ला शाखाका सभापति नरबहादुर रोकायाको अध्यक्षतामा उक्त सभा सम्पन्न भएको थियो ।