१८ फागुन, राजविराज । सप्तरीको पश्चिमी भेगमा पर्ने बोदेबर्साइन नगरपालिकाको प्रशासकीय भवन निर्माण सम्पन्न भएको छ । निर्माणको ठेक्का पाएको न्यू ड्रइगन निर्माण सेवा कोटेश्वर काठमाडाँैंले दुई वर्षमा कार्य सम्पन्न गर्ने गरी २०७६ माघ १६ गते नगरपालिकासँग सम्झौता गरेको थियो ।
रु पाँच करोड ९७ लाख ३१ हजार ५११ को लागतमा नगरपालिकाको प्रशासकीय भवन निर्माण सम्पन्न गरिएको जनाइएको छ । अन्डरग्राउडसहित चार तले निर्माण गरिएको भवन प्रशासन, बैठक कक्ष, मेडिकल प्रयोगशाला, राजनीतिक पदाधिकारी तथा कर्मचारी बस्ने कोठा, पार्किङ, शैचालय, लिफ्ट र आपाङतामैत्री शौचालय तथा चमेना गृहलगायत संरचना बनाइएको व्यवस्थित इञ्जिनीयर विनोद साहले जानकारी दिनुभयो ।
नगरपालिकाको प्रशासकीय भवन बनाउन नगर प्रमुख आतेशकुमार सिंह यादवले १० कठ्ठा जग्गा निःशुल्क दान गर्नुभएको थियो । मङ्गलबार मात्रै महाशिवरात्रि पर्वको अवसरमा नगरप्रमुख यादव र निमित्त प्रमुख प्रशासकीय अधिकृत घनश्याम यादवले वडाध्यक्ष तथा कर्मचारीको उपस्थितिमा गृह प्रवेश पूजा गर्नुभएको थियो ।