१८ फागुन, काठमाडौँ । महाशिवरात्रिका अवसरमा यहाँस्थित पशुपतिनाथ मन्दिर प्राङ्गणमा सुडी समाज काठमाडौँले निःशुल्क भोजन तथा स्वास्थ्य शिविरको आयोजना गर्यो ।

शिविरमा दश हजारभन्दा बढीलाई निःशुल्क भोजन गराइएको समाजको महाशिवरात्रि उपसमितिका संयोजक शङ्कर साह सुडीजे जानकारी दिनुभयो ।

यसैगरी समाजद्वारा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा करीब दुई सयभन्दा बढीलाई स्वास्थ्य उपचार गरी निःशुल्क औषधि वितरण गरियो । शिविरमा निःशुल्क दन्तसेवा उपचार पनि गरिएको थियो ।
शिविरको उद्घाटन समारोहमा समाजका अध्यक्ष डा. अशोक महासेठ, महासचिव शीतलप्रसाद महतो, सचिव शङ्कर साह सुडी र कोषाध्यक्ष श्रीराम पूर्वेलगायतका वक्ताले सामाजिक सेवामा समाज क्रियाशील रहेको बताउनुभयो ।