२० फागुन, कपिलवस्तु । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले महिलाले आफ्नो रक्षाका लागि सामान्य सैन्य तालिम लिनुपर्नेमा जोड दिनुभएको छ । उहाँले आत्मारक्षाका लागि महिला सबल हुनुपर्ने आवश्यकता औँल्याउनुभएको हो । राष्ट्रिय मानवअधिकार आयोगले बुटवलमा आयोजना गरेको मानवअधिकार रक्षक प्रादेशिक सम्मेलनलाई सम्बोधनका क्रममा प्रदेश प्रमुख शेरचनले मावनअधिकारको उल्लङ्घन राज्यपक्षबाट पनि हुने गरेको जिकिर गर्नुभयो ।

दलित, मुस्लिम, मधेसीलगायत सीमान्तकृत समुदाय अझै पनि अपहेलित जीवन बिताउन बाध्य भएकाले उनीहरुको मानवअधिकार सुरक्षित गराउनुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।

लुम्बिनी प्रदेशका सांसद फकरुद्दिन खानले गरिबीका कारण कठिनाइ भोगेका समुदायलाई राज्यले सम्बोधन गर्नुपर्ने बताउनुभयो । तिलोत्तम नगरपालिका उपप्रमुख जागेश्वरीदेवी चौधरीले सामाजिक परिस्थितिका कारण अझै पनि हाम्रो मानवअधिकार सुरक्षित हुन नसकेको बताउनुभयो उक्त आयोले आयोजा गरेको सो कार्यक्रममा प्रदेशका १२ जिल्लाका मानवअधिकारकर्मी र पत्रकारको सहभागिता रहेको छ । सम्मेलन भोलि समापन हुने जनाइएको छ ।