काठमाडौं : प्रधानमन्त्री शेर बहादुर देउवाले शुक्रबार नेपाल निर्माण व्यवसायी महासंघ (एफक्यान) को साधारणसभा उद्घाटन गर्दै एमसीसी परियोजनमा टेन्डरका लागि नेपाली निर्माण व्यवसायीहरुलाई तयार रहन आग्रह गरेका छन्। 

उनले ‘एमसीसीको विषयमा के हुन्छ भनेर प्रश्नहरु गरिएका छन्, नेपाली निर्माण व्यवसायीहरुले पाउछन् कि पाउँदैनन् भनेर जिज्ञासाहरू राखिएका छन् । मैले यसमा उत्तर दिनुपर्छ । तर म अहिले यति भन्छु, एमसीसी नेपालले मात्र सञ्चालन गर्ने प्रोजेक्ट नभएर अमेरिकालेसमेत सञ्चालन गर्ने हो। यसका लागि अन्तर्राष्ट्रिय टेन्डर हुन्छ, यसमा नेपाली निर्माण व्यवसायीहरुसमेत सहभागि हुन पाउछन् तयार रहनुस’देउवाले भने ।