महाविर पुनले फेसबुक मा स्टाटस लेख्दै भने :

नेपालको आर्थिक बिकासको लागि आबश्यक कदम पटक्कै नचाल्ने र बिदेशी दाताहरुको भरमा मात्र देश विकास गर्न खोज्नेहरु ले दुई वटा उदाहरण पढ्नु होस् ।

अनि अनुसन्धान, आविष्कार र नबप्रबर्तन किन जरुरी छ भन्ने बुझ्नु होस् ।

१. श्रीलंकामा स्कूलका बिद्यार्थीहरुको राष्ट्रिय स्तरको जांच लिनको लागी विदेश बाट कागज आयात गर्न पैसा नभएर परीक्षा बोर्डले जांच गर्न सकेनछ । श्रीलंकाले करिब ४५ लाख बिद्यार्थीहरुको लागी प्रश्न पत्र छाप्न र उत्तर लेख्न चाहिने पेपर किन्न सकेनछन । नेपालले पनि देशको अर्थतन्त्र नसुधार्ने हो भने यस्तै हुन सक्छ ।

२. आजकल उक्रेन भन्ने सानो देशलाई रुस भन्ने ठुलो देशले रकेट र गोलाबारी गरेर बेस्सरी ठोकी रहेको समाचार त सबैलाई थाहा छ होला । धनी र शक्तिशाली देशहरुको आफ्नै स्वार्थ हुन्छन र त्यहाँका नेताहरु सन्काह र लोभी भए भने उनीहरुले गरीब देशहरु लाई यसरी नै ठोक्ने काम गर्दछन । उक्रेनले बिदेशी हरुले दिएको हात हतियारको भरमा मात्र रुसले आँखा चिम्लेर बमबारी गर्दा पनि अहिले सम्म टिकेको छ । विदेशीले हतियार नदिएको भए चिलिम परि सक्थ्यो ।नेपालले श्रीलंका र उक्रेनको उदाहरण बाट सिक्नु पर्ने कुरा के हो भने देशलाई कसैले नहेपने र आक्रमण गर्न नसक्ने बनाउनको लागी आर्थिक बिकासको कामलाई नै सबै भन्दा उच्च महत्व दिनु पर्छ । आर्थिक बिकास भयो भने मात्र देशलाई सामरिक रुपमा बलियो पनि बनाउन सकिन्छ । यसको उदाहरणको लागि ईजरायललाई हेरे हुन्छ। हुन त सुरुका दिनहरुमा ईजरायललाई अमेरिका सहित अरु देशहरुले सहयोग गरेका थिए तर अहिले अरु कसैले सहयोग नगरे पनि इजरायल आफै सक्षम भएको छ र उसलाई कसैले हेप्न सक्दैन ।अन्तमा नेपालमा झगडा मात्र गर्ने र कसैले आर्थिक बिकासको लागी अनुसन्धान र नबप्रबर्तनको क्षेत्रमा केहि गर्न खोज्यो भने खुट्टा मात्र तानी रहने र जसरी हुन्छ असफल बनाउन बल निकाल्नेहरु लाई ईश्वर भगवानले सद बुद्धी दिउन भन्ने कामना गर्छु ।