माओवादी जनयुद्धको उद्गमस्थल रोल्पामा जनयुद्ध स्मृति भ्यू टावर निर्माण भएको छ ।

सो भ्यू टावरको सोमवार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेका छन् । 

रोल्पा नगरपालिकामा बनेको भ्यूटावर उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले रोल्पामा बनेको भ्यू टावर, युद्ध संग्रहालय र उक्त क्षेत्रलाई प्युठानको स्वर्गद्वारीसँग जोड्न सक्दा पर्यटन विकासमा योगदान पुग्ने बताए । 

सो भ्यू टावर ६ करोड रुपैयाँ लागतमा नगरपालिकाले बनाएको हो ।