काठमाडौं : त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत आज पपुवा न्युगिनी(पीएनजी)सँग भएको खेलमा नेपाल विजयी भएको छ।

टस हारेर ब्याटींगको निम्तो पाएको नेपालले निर्धारित २० ओभर खेल्दै ९ विकेटको क्षतिमा १८३ रन जोडेको थियो।

सो लक्ष्य पन्छयाउने क्रममा पीएनजी १९.२ ओभरमा अल आउट हुँदै १६८ रन मात्र जोड्न सक्यो। 

पीएनजीका लागि लेगा सिएका २१, सेसे बाउ ३०, चार्लिज अमिनीले २२ रन र नोर्म भनुआले ५२ रनको योगदान गरे।

पीएनजीका ब्याट्सम्यान जसोन कैला शून्य रनमा आउट भएका हुन्। उनको विकेट नेपाली बलर सन्दिप लामिछानेले लिएका हुन्।

पीएनजीलाई सस्तैमा समेट्नका लागि कप्तान सन्दिप लामिछानेले ३ विकेट लिए भने अविनाश बोहराले २ विकेट लिए।

यस्तै नेपालका लागि ब्याट्सम्यान कुशल भुर्तेल २० रन, आशिफ शेख ४३ रन, रोहित पौडेल ३४ रन, दिपेन्द्रसिंह ऐरी, कुशल मल्ल ११ रन, करन केसी १४ र आरिफ शेख ३१ रनको योगदान गरेका थिए।