७ बैशाख, काठमाडौं । लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा एक हप्तासम्म निरन्तर सरसफाइ गरिएको छ । निकुञ्ज क्षेत्रमा पर्यटकीय स्थलहरूको संख्या धेरै रहेको र फोहोरका कारण नकारात्मक सन्देश जाने भएकाले सरसफाइ गरिएको हो । 

२७ औं वन्यजन्तु दिवसको अवसरमा बैशाख १ गतेदेखि ७ गतेसम्म सरसफाई कार्यक्रम गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले जानकारी दिनुभयो । निकुञ्जका अनुसार बैशाख १ मा धुन्चे गाेसाइकुण्ड पदमार्ग, बैशाख २ मा हेलम्बु क्षेत्र, बैशाख ३ मा शिखरबेसी रेञ्जपोष्ट, बैशाख ४ मा कालिकास्थान रेञ्जपोष्ट, बैशाख ५ मा स्याफ्रुबेसी र बैशाख ७ गते धुन्चेमा सरसफाई गरिएको हो ।

निकुञ्जका कर्मचारी, नेपाली सेना, संरक्षणकर्मी र स्थानीयको सहभागितामा सरसफाइ गरिएको उहाँले बताउनुभयो । साथै कार्यालयले बन डढेलो सम्बन्धी प्रचार प्रसार, इको क्लबलाई खेलकुद सामग्री वितरण र सवारी चालकसँग एक मिनेट कार्यक्रम सञ्चालन गरेको छ ।