८ बैशाख, काठमाडौं । म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा सिटीले ब्राइटनलाई ३–० गोलले हराएको हो । घरेलु मैदानमा सिटीका रियाद महरेज, फिल फोडेन र बेर्नार्डो सिल्भाले एक/एक गोल गरे ।

जितसँगै सिटीको ३२ खेलमा ७७ अंक भएको छ । सिटी दोस्रो स्थानमा रहेको लिभरपुल भन्दा १ अंकले अघि छ । ब्राइटन ४० अंकका साथ दशौँ स्थानमा छ ।

अर्को खेलमा आर्सनलले चेल्सीलाई ४–२ गोलले हराएको छ । चेल्सी घरेलु मैदान स्र्टमफोडमा पराजित भएको हो । आर्सनलका एडी एनकेतिहले दुई तथा स्मिथ रोव र बुकाया साकोले एक÷एक गोल गरे । चेल्सीका टिमो वेर्नर र सेजार एज्पिलकुएटाले गोल गरे ।

जितपछि आर्सनल ३२ खेलमा ५७ अंक भएको छ । समान खेलमा टोटनहमको पनि समान अंक छ । तर गोलअन्तरका आधारमा आर्सनल पाँचौ स्थानमा छ । चेल्सीको ३१ खेलमा ६२ अंक छ । चेल्सी तेस्रो स्थानमा छ ।