८ बैशाख, काठमाडौं । कपिलवस्तुको गोरूसिंहेस्थित नेपाली सेनाको गणभित्रै गोली लागेर गम्भीर घाइते भएकी समशेर दल गणमा कार्यरत सैनिक जवानको मृत्यु भएको छ । आफैँलाई गोली हानेकी कपिलवस्तुस्थित सिपाही कोपिला राजवंशीको मृत्यु भएको हो।
कपिलवस्तु जिल्ला प्रहरी कार्यालयका अनुसार भैरहवा मेडिकल कलेजमा उपचारका क्रममा बिहान उनको मृत्यु भएको हो। उनका अनुसार उपचारका लागि राति नै काठमाडौं लाने तयारी गरिए पनि हेलिकप्टर नआएकाले भैरहवामै उपचार गरिएको थियो।ड्युटीमा रहेको बेला आफैँले बोकेको एम १६ राइफलले सिपाही राजवंशीले आफ्नै पेटमा गोली हानेकी थिइन्।
के कति कारण उनले आफैंलाई गोली हानिन् भन्ने खुलिसकेको छैन। घटनाबारे अनुसन्धान भइरहेको छ।