कि घरले मार्यो भेट्ने रहर आउदैन,
हिजो आज सपनि मा घर आउदैन!!

प्रश्न सुन्ने मान्छे दक्षिण लागिसक्यो,
अब कहिल्यै चाहेरनि उत्तर आउदैन!!

कोही बर्षौ देखि दिलबाट हराईरहेछ,
अखबारमा किन यो खबर आउदैन!!

त्यहि ठाउँमा गएर आफैलाई बिर्सिनु छ,
जुन ठाउँमा तिम्रो याद सकभर आउदैन!!