८ बैशाख, काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता विपरितका निर्वाचन सामग्री उत्पादन नगर्न आग्रह गरेको छ । बिहिबार आयोगको नियमित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचन आचार संहिता २०७८ ले निषेध गरेका निर्वाचन प्रचार सामग्रीको उत्पादन तथा बिक्रीवितरण तत्काल बन्द आग्रह गरे ।

यसका लागि नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर्स अफ कर्मशलाई आफ्नो संरचना मातहतका उद्योग र फर्मलाई त्यस किसिमका सामग्री उत्पादन नगर्न, नगराउनका लागि परिपत्र गरी सहयोग गर्न आयोगले अनुरोध गरेको उनले बताए ।