११ बैशाख, काठमाडौं । सुनको भाउ आज तोलामा चार सय रुपैयाँले घटेको छ ।

अस्ति तोलामा एक लाख ९ सय रुपैयाँ रहेको सुनको भाउ हप्ताको  पहिलो दिन आज चार सय रुपैयाँले घटेर एक लाख ५ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको भाउ भने स्थिर छ । अस्ति जस्तै चाँदी आज तोलामा एक हजार ३ सय ६० रुपैयाँमा कारोबार भइरहेको  छ।