१२ बैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकामा नेकपा एमालेको तर्फबाट केशव स्थापितले मेयर पदमा मनोनयन दर्ता गराएका छन्।

त्यसैगरी काठमाडौंकै मेयरमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवारी दिएका कलाकार मदनदास श्रेष्ठले पनि मनोनयन दर्ता गराएका छन्।

आइतवार अधिकांश स्वतन्त्र उम्मेदवार र साना दलले उम्मेदवारी दिएका थिए। मनोनयनको दोस्रो दिन सोमबार ठूला दलका उम्मेदवार मनोनयनमा पुगेका हुन्।

उनीहरु बाजागाजसहित राष्ट्रियसभा गृह पुगेर मनोनयन दर्ता गराएका हुन्।