१२ बैशाख, काठमाडौं । चीनमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । गएको २४ घन्टामा त्यहाँ दुई हजार ६ सय ६६ जनालाई कोरोना भाइरसका सङ्क्रमण देखिएको त्यहाँको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ । सङ्क्रमितमध्ये सबैभन्दा धेरै शङ्घाईका छन् ।

शङ्घाईमा दुई हजार चार सय ७२ जनालाई सङ्क्रमण भएको छ । यस्तै, अन्य सहरमा पनि कोरोनाको जोखिम बढेको छ । बेइजिङ, जिलिन, हेइलोङ्गजियाङ्गलगायत सहरमा सङ्क्रमण फैलिन थालेको छ ।

सङ्क्रमण बढेपछि बेइजिङमा ठूलो सङ्ख्यामा स्वास्थ्य परीक्षण गरिने भएको छ । ज्येष्ठ नागरिक, मजदुर तथा विद्यालयमा काम गर्नेहरुको स्वास्थ्य परीक्षणलाई प्राथमिकतामा राखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यस्तै, गएको २४ घन्टामा चीनमा कोरोनाका कारण ५१ जनाको ज्यान गएको छ ।