१२ बैशाख, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले फ्रान्सका नवनिर्वाचित राष्ट्रपति इम्मानुयल म्याक्रोँलाई बधाई दिनुभएको छ ।

प्रधानमन्त्री देउवाले आज ट्वीट गर्दै उहाँलाई फ्रान्सको राष्ट्रपतिमा पुनःनिर्वाचित भएकामा बधाई तथा शुभकामना दिनुभएको हो । प्रधानमन्त्री देउवाले फ्रान्सेली जनताले अर्को प्रजातान्त्रिक अभ्यास पूरा गरेको उल्लेख गर्दै नेपाल–फ्रान्स मैत्री सम्बन्धलाई थप सुदृढ बनाउनका लागि मिलेर काम गर्न तत्पर रहेको बताउनुभएको छ । फ्रान्सका राष्ट्रपति इम्मानुयल म्याक्रोँ अर्को कार्यकालका लागि पुनःनिर्वाचित हुनुभएको हो ।