१७ बैशाख, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिम र जिम्बावे ‘ए’ बीचको पहिलो एकदिवसीय वर्षाले स्थगित भएको छ ।

टियु क्रिकेट मैदानमा हुने खेल वर्षाकै कारण टस हुन नसकेपछि खेल स्थगित भएको हो । आजको खेल अर्को दिन हुने नेपाल क्रिकेट संघ(क्यान)ले जनाएको छ । तर कुन दिन खेलाउने भनेर मिति भने तोकेको छैन ।