२० बैशाख, काठमाडौं । आफ्नै घरको छतबाट खसेर एक महिलाको मृत्यु भएको छ । भक्तपुर नगरपालिका–८ लिवालीमा गए राति पाँच तलामाथिबाट खसेर ४४ वर्षीया लक्ष्मीसुन्दर कुसाथाको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिनुभयो ।

छतबाट खसेपछि उपचारका लागि मध्यपुर अस्पताल थिमि लगिएकामा उपचारको क्रममा कुसाथाको मृत्यु भएको उहाँले बताउनुभयो ।