२० बैशाख, काठमाडौं । बैतडीको डिलासैनी गाउँपालिका वडा नं ५ का वडा सदस्यका उम्मेदवार हरिराम साउँदमाथि खुकुरी प्रहार भएको छ । गए राति डिलासैनी गाउँपालिका–५ का वडा सदस्य उमेदवार ६० वर्षीय हरिराम साउदमाथि खुकुरी खुकुरी प्रहार भएको हो । गम्भीर घाइते भएका साउँदको टाउको र शरीरमा गहिरो चोट लागेको छ । स्थानीय गोकुलेश्वर अस्पतालमा समान्य उपचारपछि उनलाई उपचारका लागि धनगढी रिफर गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। घटनामा संलग्न तीनजनामध्ये एकजना पक्राउ परेको सुदूरपश्चिम प्रदेश जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।