२० बैशाख, काठमाडौं । नेपालमा स्थायी लेखा नम्बर प्यान लिनेको सङ्ख्या झन्डै ४७ लाख जना पुगेको छ ।

अर्थ मन्त्रालयका अनुसार अहिलेसम्म ४६ लाख ७४ हजार दुई सय जनाले प्यान लिएका छन् ।

यसमध्ये २९ लाख चार हजार सात सय जनाले व्यक्तिगत, १७ लाख ५३ हजार ६ सय जनाले व्यावसायिक र १५ हजार सात सय जनाले अग्रिम करकट्टी प्रयोजनको लागि प्यान लिएका छन् ।

यस्तै चैतसम्म दुई लाख ९० हजार करदाता भ्याटमा दर्ता भएका छन् भने एक लाख १४ हजार आठ सय करदता अन्तस्शुल्कमा दर्ता भएका मन्त्रालयले जनाएको छ ।