२१ वैशाख, काठमाण्डौ । ११ वर्षीया बालिकालाई यौन दुरुपयोग गरेको आरोपमा टेम्के मैयुङ गाउँपालिका–१ रिमचिम बस्ने ५७ वर्षीय कृष्णदेव राईलाई प्रहरीले पक्राउ गरेको छ ।

उनलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो । राईले ती बालिकालाई शनिबार दिउँसो पीडितकै घरमा यौन दुरुपयोग गरेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय दिल्पाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।