२१ वैशाख, काभ्रे । काभ्रेको रोशीमा तीर्थ यात्रु सवार भारतीय बस र जिप ठोक्किँदा ५ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन्।

काभ्रेको रोशी गाउँपालिका–११ मा भारतीय तीर्थ यात्रु सवार बस र टाटा सुमो ठोक्किदा ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा टाटो सुमोमा सवार रहेका ६ वर्षीय बालकसहित ५ जना रहेका छन्। घाइतेलाई उपचारका लागि धुलिखेल अस्पताल लगिएको छ।

भारतीय नम्बरप्लेटको बस जनकपुरतर्फ गइरहेको थियो भने टाटा सुमो सिन्धुलीबाट आइरहेको थियो।