२६ वैशाख, काठमाडौं । नेकपा एमालेबाट आठबीस नगरपालिकाका मेयर पदका उम्मेदवार तर्कबहादुर बडुवाल र उपमेयरका उम्मेदवार कल्पना थापाले चुनाव प्रचारप्रसारमा प्रयोग गरेको गाडीमा आगजनी भएकाे छ । 

आठबीस नगरपालिका–४ राकमकर्णालीको खोली बजारमा रहेकाे सृष्टि होटेल अगाडि राेकी राखेको बा १९ च ५५७९ नम्बरको गाडीमा नचिनेकाे मानिसकाे समूहले आगजनी गरेको हो ।

कसले आगजनी गरेको भन्ने नखुलेको तर प्रहरी निरीक्षक सुरज खड्काको नेतृत्वको प्रहरी टोलीले घटनाको अनुसन्धान गरिरहेकाे जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी नरेश विकले जानकारी दिनुभयो ।

पार्किङ गरी राखेको गाडीमा गएराति दायाँपट्टिको पछिल्लो टायरमा आगजनी गर्न लागेको थाहा पाएर गाडीमै सुतेका गाडी चालक दण्डबहादुर शाहीले ढोका खोलेपछि आगजनी गर्ने समूह भागेको बताइएको छ ।

घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।