बैशाख ३०, काठमाडौँ । दोलखाको वैत्यश्वर गाउँपालिका–३ मा मतदान स्थगित भएको छ। सत्तारुढ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएपछि मतदान स्थगित भएको हो।

एक सयको हाराहारीमा मत खसिसकेको अवस्थामा सत्ताधारी दुवै दलका कार्यकर्ताहरूबीच झडप भएपछि प्रहरीले एक राउन्ड हवाई फायर गरेको छ। अहिले सेनाले मतदान स्थल नियन्त्रणमा दिएको छ।

वडा नम्बर ३ को कालीढुंगा मावि मतदान स्थलमा झडप भएको हो। वैत्यश्वर गाउँपालिका १ र २ मा पनि एक सयको हाराहारीमा मत खसिसकेपछि मतदान स्थगित भएको छ।