बैशाख ३०, स्याङ्जा । मतदाता बोकेको गाडी दुर्घटना हुँदा स्याङ्जाको वालिङमा १४ जनाको मृत्यु भएको छ। मृत्यु भएका १० जनाको सनाखत भएको प्रमुख जिल्ला अधिकारी राजु पौडेलले जानकारी दिए। उनका अनुसार अहिले उद्धार कार्य भइरहेको छ।

सिख्रेबाट वालिङतर्फ जाँदै गरेको ग २ च ३०२६ नम्बरको बस वालिङ नगरपालिका–१५ मा सडकबाट ५०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डीएसपी रवीन्द्र खनालले जानकारी दिए ।

दुर्घटनामा घाइते भएकाहरुलाई पोखरा पठाइएको छ।