बैशाख ३१ काठमाडौँ ।  डोटी जिल्लाका नौ स्थानीय तहमध्ये छ स्थानीय तहमा मतगणना सुरु गरिएको छ । जोरायल, बडिकेदार, बोगटान फुड्सिल, आर्दश, पूर्वीचौकी गाउँपालिका तथा दिपायल सिलगढी नगरपालिकामा मतगणना सुरु भएको जिल्ला निर्वाचन कार्यालयका करुणाकर पाण्डेले जानकारी दिनुभयो । यसैगरी सायल, केआइसिंह गाउँपालिका तथा शिखर नगरपालिकामा भने केहीबेर पछि मतगणना सुरु गर्ने तयारी भइरहेको मुख्य निर्वाचन अधिकृत विदुर काफ्लेले बताउनुभयो । जिल्लामा एक लाख २३ हजार ५५४ मतदाता रहेकामा ७८ हजार २४९ (६४ दशमलव ३३ प्रतिशत) मतदान भएको बताइएको छ ।