बैशाख ३१ काठमाडौँ । काठमाडौँ महानगरपालिकाको प्रारम्भिक मतगणनाअनुसार अपराह्न १२ बजेसम्म १०० मतगणनामा प्रमुखका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहको अग्रता देखिएको छ । मतगणनाको अतिप्रारम्भिक परिणामअनुसार साहले २२ मत प्राप्त गर्नुभएको छ भने नेपाली कांग्रेसका सिर्जना सिंहले १८ र नेकपा एमालेका केशव स्थापितले १३ मत प्राप्त गर्नुभएको छ । महानगरपालिकाको वडा नं १ र ३२ बाट गणना सुरु भएको छ । मतगणना जारी छ ।