जेठ १ काठमाडौँ । धनकुटाको चौबीसे गाउँपापलिका २ को वडा सदस्य पदमा बिजयी भएका ५२ वर्षीय अटलबहादुर सुर्जे मगरको आफू पुनः विजयी बनेको खबर सुन्न नपाई मृत्यु भएको छ ।

यसअघि पनि एमालेबाट वडा सदस्य निर्वाचित भइसकेका मगरले यसपटक पनि ७९२ मत सहित जित दर्ता गरेका थिए।

शनिबार साँझ ६ बजेतिर मतागणनास्थलमै अचानक स्वास्थ्य समस्या आएपछि उनलाई उपचारका लागि धरान लगिएको थियो। तर, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आइसियु खाली नरहेको बताएपछि विराटनगर लगिएको छोरा मदनले बाताए। विराटनगरको नोबेल अस्पतालमा पुर्‍याएपछि राति एक बजे उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए।