जेठ १ काठमाडौँ । बझाङको साइपाल गाउँपालिकामा नेकपा (एमाले)का मानबहादुर बोहराले ६७५ मत प्राप्त गरी अध्यक्षमा विजयी हुनुभएको छ ।

नेपाली कांग्रेसका उज्वल बोहोराले ६१३ मत ल्याएर पराजित हुनुभएको हो । गाउँपालिका उपाध्यक्षमा पनि एमालेको डोल्मा तामाङ ६७५ मतसहित विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी कांग्रेसको बाटु बोहराले ६१९ मत प्राप्त गर्नुभएको हो ।
यस्तै यस पालिकाको वडा नं १ मा प्यानलसहित एमालेका नरेन्द्र धामी विजयी हुनुभएको छ । वडा नं २ मा कांग्रेसका हरिलाल बोहरा विजयी हुनुभएको छ भने वडा नं ३ मा एमालेका गोरख बोहरा प्यानलसहित विजयी हुनुभएको छ ।

त्यस्तै वडा नं ४ मा कांग्रेसका जयसिंह रोकाया प्यानलसहित विजयी हुनुभएको छ भने वडा नं ५ एमालेका जयपाल बोहरा प्यानलसहित विजयी हुनुभएको जनाइएको छ ।