जेठ १,काठमाडौं। काठमाडौं महानगरपालिकामा लौरो चिह्न लिएर स्वतन्त्र उम्मेदवारी दिएका मेयरका उम्मेदवार बालेन्द्र साहले अग्रता कायमै राखेका छन् । साहले आइतबार साढे १० बजेको मत परिणामअनुसार २२३८ मत प्राप्त गरेका छन् भने एमालेका केशव स्थापितले १२१९ मत प्राप्त गरेका छन् ।

यस्तै नेपाली काँग्रेसकी मेयरकी उम्मेदवार सिर्जना श्रेष्ठले १०८१ मत पाएकी छन् । हालसम्म ५ हजार ९८३ मत गणना भएको छ ।