जेठ १ काठमाडौँ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका, थाहा नगरपालिका र आठ गाउँपालिकाको मतगणना कार्य जारी छ । हेटौँडा उपमहानगरपालिकाको १, २, १८ र १९ नं वडाको मतगणना अन्तिम चरणमा पुगेको छ भने थाहा नगरपालिकाको एक वडामा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार हालसम्म मकवानपुरको १९ वडाको मतगणना पूर्णरुपमा सम्पन्न भइसकेको छ । तीमध्ये आठ वटा वडामा नेपाली कांग्रेस विजयी भएको छ भने ७ वडामा माओवादी केन्द्रले जित हात पारेको छ । त्यस्तै ४ वटा वडामा नेकपा एमालेले नेतृत्व लिन सफल भएको छ ।

कांग्रेसबाट भीमफेदी गाउँपालिका वडा नं १ मा सोमबहादुर स्याङ्तान, कैलाश गाउँपालिका वडा नं १ मा तेजबहादुर ब्लोन, कैलाश गाउँपालिका वडा नं २ मा राजेन्द्र तामाङ घिसिङ, मनहरि गाउँपालिका वडा नं १ मा शिवप्रसाद खनाल, मकवानपुरगढी गाउँपालिका वडा नं १ मा आइत सिंह लो, मकवानपुरगढी– ८ मा कुमार घिसिङ, इन्द्रसरोबर गाउँपालिका १ र २ मा क्रमशः सुवास थापा र सुमन श्रेष्ठ निर्वाचित हुनुभएको हो ।

त्यसैगरी नेकपा माओवादी केन्द्रको तर्फबाट भीमफेदी–३ मा पृतिलाल लामा, थाहा नगरपालिका–१ मा हेरमान गोपाली, थाहा–२ मा बमबहादुर सिङतान, बकैया–१ मा आषिश तितुङ, बकैया–२ मा विश्वराज स्याङतान, मनहरी–२ मा राजकुमार पाख्रीन र बागमती–१ मा यहुन्ना राई निर्वाचित हुनुभएको छ ।

त्यसैगरी नेकपा एमालेको तर्फबाट भीमफेदी–२ मा काशीराम बज्यु, भीमफेदी–४ मा सागर पाण्डे, कैलाश–१० मा सूर्यबहादुर ब्लोन र राक्सिराङ–१ मा बाबीराम मुक्तान निर्वाचित हुनुभएको छ । सबै पालिकामा अहिले मतगणना जारी रहेको मुख्य निर्वाचन अधिकृत श्रेष्ठले जानकारी दिनुभयो ।