जेठ ३,काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेपाली कांग्रेस र नेकपा मा‌ओवादी केन्द्रसँग गठबन्धन गरेर चुनावमा जाँदा आफूहूरुलाई घाटा लागेको बताउनुभयो ।

मदन-आश्रित स्मृति दिवसका अवसरमा मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।

अहिलेसम्मको निर्वाचनको परिणाम हाम्रा लागि राम्रो छैन। हामी गठबन्धनको गम्भीर समीक्षा गर्छौ, उहाँले भन्नुभयो,हाम्रो सहकार्य र गठबन्धनको पनि समीक्षा हुनेछ।

नेपालले गठबन्धन गर्दा आफूहरुलाई घाटा लागेको पनि बताए। गठबन्धन गर्दा पनि हामीलाई घाटा लागेको छु, उहाँले भन्नुभयो, केही ठाउँमा राम्रै पनि भएको छ। तर कहाँ राम्रो गर्यौँ ? कहाँ त्रुटी गर्‍यौँ ? यसबारे कुरा हुन्छ।