जेठ ४,काठमाडौं ।भरतपुर महानगरमा गठबन्धनका मेयर उम्मेदवार रेनु दाहालले १ हजार ७ सय १२ मतले अग्रता बढाउनु भएको छ । २७ हजार ४३८ मत गन्दा दाहालले ९ हजार ९७० मत ल्याउँदै अग्रता बढाउनु भएको हो ।

त्यस्तै एमालेका उम्मेदवार विजय सुवेदीले ८ हजार २५८ मतले पछ्याउँदै हुनुहुन्छ । मेयरका अर्का उम्मेदवार जगन्नाथ पौडेलले ४ हजार ३१५ मत ल्याउनु भएको छ । उपमेयरका चित्रसेन अधिकारीले ११ हजार ९५६ मत ल्याएर अग्रता कायम गर्दा हिमला गुरुङले ६ हजार ७४२ मत पाउनु भएको छ ।