जेठ ८,काठमाडौं । जापानको इबाराकी प्रान्तमा ५।८ म्याग्निच्युडको भूकम्प गएको समाचारमा जनाइएको छ ।जापानको मेटेरियोलोजिकल विभागले जनाएअनुसार यहाँ सुनामीको खतरा भने देखिएको छैन । यहाँ आइतबार दिउँसो ५।८ म्याग्निच्युडको भूकम्प आएको र यसबाट सुनामीको खतरा नदेखिएको सुचना जारी गरिएको समाचारमा जनाइएको छ ।

उक्त भूकम्पबाट भएको क्षतिको बारेमा अहिले नै सूचना आएको छै्रन । अधिकारीहरुले सो क्षेत्रमा उद्धारकर्ताहरु खटिरहेको जनाएका छन् ।