जेठ १६, काठमाडौं । यातायात व्यवस्था विभागले सवारी अनुमतिपत्र लाइसेन्सका लागि दिइएका सबै अनलाइन आवेदन रद्द गरेको छ । अब नयाँ लाइसेन्सका लागि आज बेलुका ६ बजेदेखि आवेदन खुला हुनेछ भने वर्ग थपका लागि अर्को हप्ताको सोमवारदेखि आवेदन खुला हुने विभागले जनाएको छ ।
विभागले आज साेमवार सूचना निकालेर नयाँ अनलाइन प्रणाली सुरु गर्न लागेको भन्दै नयाँ तथा वर्ग थपका लागि अहिलेसम्म लिएका सबै अनलाइन आवेदन रद्द गरेको जनाएको हो । विभागका अनुसार अब applydl.dotm.gov.np मा लग इन गरी नयाँ आवेदन भर्नुपर्ने हुन्छ ।








