५ असार, रुकुम । रुकुम (पश्चिम)को आठबिसकोट नगरपालिका–११ छोटेटारमा हिजो बेलुकी जिप दुर्घटना हुंदा जिपमा सवार २ जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा चालक रुकुम पश्चिमको बाफिकोट गाँउपालिका–८ दुलीका अन्दाजी २६ बर्षीय प्रकाश घर्ति र सोही स्थानका अन्दाजी २४ बर्षीय कविराम विक रहेका छन् ।