ललितपुर । ललितपुरको ग्वार्कोमा नेपालकै सबैभन्दा ठूलो मल्टीब्राण्ड सपिङ्ग स्टोर बिग डिजिटल आज देखि शुभारम्भ भएको छ । नायिका तथा उत्त बिग डिजिटल ब्राण्ड दूत स्वस्तिमा खड्काले ललितपुरको ग्वार्को स्थित ग्वार्को कम्प्लेक्समा अवस्थित बिग डिजिटल स्टोरको उद्घाटन गनु भएको हो ।


उद्घाटन पस्चात कार्यक्रमलाई सम्बोधन गर्नु हुदै खड्काले बिग डिजिटलले उच्चकोटीको उत्पादनहरु ग्राहकलाई पस्कदै निरन्तर प्रगतिको शुभकामना ब्यक्त गर्नु भएको थियो । त्यसैगरी बिग डिजिटलका कार्यकारी प्रमुख अधिकृत विक्रमेश ओझाले अन्तर्राष्ट्रिय स्तरका विविध ब्राण्डहरु सहज र सरल ढंगले नेपाली ग्राहकहरुलाई उपलब्ध गराउने ध्येयले यस स्टोरको स्थापना गरिएको बतायनु भएको छ ।


“नेपाली ग्राहकहरुको बदलिदो इच्छा एवं आकांक्षालाई परिपूर्ति गर्दै बिग’ डिजिटलले नेपालको सपिङ्ग क्षेत्रमा नै नँया मापदण्ड सिर्जना गर्नेमा हामी विश्वस्त छौ ।, “यस सपिङ्ग स्टोरमा ९० भन्दा बढी अन्तर्राष्ट्रिय ब्राण्डका घरायसी सामग्री, मोबाइल फोन, ल्यापटप, टिभी र वाद्धयवादन लगायतका उत्पादनहरु उपलब्ध रहेको उहाँले बताउन’ भएको छ ।
ग्राहकहरुले खरिद गर्दा लक्की ड्र मार्फत विभिन्न आकर्षक उपहारहरुको अलावा सत प्रतिशत नगद फिर्ता पनि प्राप्त गर्न सक्नेछन । त्यसैगरी ग्राहकहरुले खरिद गरेको समानको घरमा निः शुल्क डेलिभरी र जडानको सुविधा पनि रहेको बिग डिजिटल श्रोतले जानकारी दिएको छ ।


यस्तै बिग डिजिटलको काठमाडौँ उपत्यकाको बिभिन्न ४ नयाँ ठाउँहरुमा तत्कालै आफ्नो स्टोरहरु विस्तार गर्ने अल्पकालिन योजना रहेको बताएको छ । यस्का साथै दिर्घकालिन योजनामा देशका सबै सातवटा प्रदेशहरुमा नँया स्टोरहरुको स्थापना गर्ने रहेको छ ।