काठमाडौं ।  पुलबाट ट्रक खस्दा चालकको मृत्यु भएको छ । मंगलबार मुग्लिनबाट नारायणगढका लागि छुटेको बा२ख ७४६२ नम्बरको खाली ट्रक पुलमुनि खस्दा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार मृत्यु हुनेमा ट्रक चालक धादिङका सन्तबहादुर राई हुन् । उक्त ट्रक नारायणगढ–मुग्लिन सडकखण्डको तीन नम्बर पुलबाट तल खसको थियो ।  

मृतकका आफन्त आइसकेपछि मात्र शवको परीक्षण गर्न भरतपुर अस्पताल पठाइने प्रहरीले बताएको छ ।