काठमाडौं । सुनको मूल्य बुधबार तोलामा ५०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला १ लाख ६ हजार ३०० रुपैयाँ कायम भएको छ ।

यसअघि  मंगलबार छापावाल सुन तोलाको १ लाख ५ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । 

यसैगरी, तेजावी सुनको मूल्य बुधबार तोलाको १ लाख ५ हजार ८०० रुपैयाँ निर्धारण भएको छ । मंगलबार यसको मूल्य तोलाको १ लाख ५ हजार ३०० रुपैयाँ निर्धारण भएको थियो । 

यता, बुधबार चाँदी पनि तोलामा ५ रुपैयाँले बढेको छ । चाँदी १३ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि, मंगलबार चाँदीको मूल्य १३ सय ६५ रुपैयाँ कायम रहेको थियो ।