काठमाडौं । विदेश जान प्रतिबन्ध फुकुवा हुनुपर्ने मागसहित क्रिकेटर सन्दीप लामिछानेले गरेको पुनरावेदनको अर्को पेसी आइतबारलाई तोकिएको छ ।
साथै अर्को मुद्दालाई पनि साथमा राखेर आइतबार नै पेश गर्न आदेश दिएको छ ।
सन्दीपलाई धरौटीमा छाड्ने उच्च अदालतको आदेशविरुद्ध सरकारले सर्वोच्चमा पुनरावेदन गरेको छ ।
उक्त मुद्दा समेत शुक्रवार पेशीमा चढे पनि सुनुवाइ भने हुन सकेन ।