आज मिती २०७९ साल फागुन ३० गते मंगलबार, सप्तमी तिथी । आज चन्द्रमा ४:३३ मिनेट सम्म वृश्चिक राशिमा र त्यसपछि चन्द्रमाको भ्रमण धनु राशिबाट हुनेछ । आज सूर्योदय बिहान ६:१७ मिनेटमा हुनेछ भने सूर्यास्त बेलुका ६:११ मिनेटमा हुनेछ ।

आजको राशिफलः
मेष – आज सामाजिक कार्य गर्ने योग रहेको छ । कुनै पनि नयाँ काममा सफलता मिल्नेछ भने भाग्यले तपाईलाई साथ पनि दिनेछ ।
बृष – पराक्रम बढ्नुका साथै आज तपाईको कामहरु पनि बन्नेछन् । समय सापेक्ष तपाईको पक्षमा रहने छ । स्वास्थ्यमा सुधार पनि आउने छ ।
मिथुन – आज तपाईको जीवनले नयाँ गति लिनेछ । नयाँ नयाँ कामको अवसर पनि प्राप्त हुनेछ । आज मिष्ठान्न भोजनको पनि योग रहेको छ ।
र्ककट – आज तपाईले विभिन्न प्रकारको उत्तरदायी भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । पुराना साथीभाई तथा ईष्टमित्रबाट पनि तपाईलाई फाइदा हुने दिन रहेको छ ।
सिहं – आज तपाईको पुरानो बिग्रीएको कामहरु बन्नेछन् । समय भाग्यवर्दक र समय अनुकूल देखिएको छ । राजनितिक सक्रियताको योग पनि रहेको छ ।
कन्या – पराक्रम बढ्नुका साथै आज बिपरीत लिङ्गिको सहयोगले अपूरा कामहरु पुरा हुनेछन् । कृषी चौपायहरुबाट पनि आज तपाईलाई लाभ मिल्नेछ ।
तुला – बोलीका कारणबाट धेरै कामहरु बन्नेछन् । भाग्यले साथ दिनेछ भने समय पनि तपाईको पक्षमा रहने छ । यात्राको योग पनि रहेको छ ।
वृश्चिक – धैर्यताले लाभ दिनेछ भने सुखानुभूतिको महसुस पनि हुनेछ । मनोबल उच्च रहनाले जीवन सुखमय रहनेछ । बोलीको प्रभावले कामहरु पनि बन्नेछन् ।
धनु – आर्थिक पक्ष सबल रहनाले मनमा उत्साह छाउनेछ । ईश्वरको आर्शिवादले सोचेका कुराहरु पूरा हुनेछन् । स्वास्थ्यमा सुधार आउने योग पनि रहेको छ ।
मकर – धार्मिक क्रियाकलापमा मन जानेछ । नयाँ कुनै पनि कुराहरु किन्दा एकदमै राम्रोे हुनेछ । साथीभाईको सहयोगबाट नयाँ कामहरु पनि बन्नेछन् ।
कुम्भ – दैनिक कार्य सम्पादनमा प्रभाव नपर्ने योग रहेको छ । नयाँ कार्यको थालनी गर्न पनि आज राम्रो दिन रहेको छ ।
मीन – आज तपाईलाई कुनै नयाँ कामबाट धेरै लाभ मिल्नेछ । सन्तान सुखको योग रहेको छ । गृहस्थी जीवन सुखमय बन्नेछ ।

जेसेवा एस्ट्रोलोजी
ज्योतिषीः कृष्ण भण्डारी
सम्पर्कः ९८०१२३५०००