काठमाडौं । देशका पहाडी र तराईका केही भुभागमा आज हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
हाल देशमा स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। त्यसैको असरले देशको पहाडी तथा हिमाली भू–भागहरूमा आज बिहान आंशिकदेखि सामान्य बदली रहेको छ। तराई भेगमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ।
आज देशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।
तराईका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिकरहल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।