आज मिति २०७९ साल चैत्र महिनाको १ गते बुधबार, अष्टमी तिथी । आज चन्द्रमा धनु राशिमा हुनेछ । आज सूर्योदय बिहान ६:१६ मा हुनेछ भने सूर्यास्त बेलुका ६:११ मिनेटमा हुनेछ ।

आजको राशिफलः
मेष- समय सापेक्ष लाभको योग देखिएको छ । कार्मिक दोषहरुको निरुपण हुनेछ भने सकरात्मक सोचले आजको दिन उल्लासमय रहने छ ।
बृष- पराक्रम बढ्नुका साथै कर्मबन्धनबाट छुट्टिने योग पनि रहेको छ । व्यवसायिक क्षेत्रमा सफलता मिल्नुका साथै नयाँ लत्ताकपडा खरिद गर्ने योग पनि रहेको छ ।
मिथुन- पराक्रमको गति बढ्नाले भग्यवर्दक समय रहेको छ । बिपरीत लिङ्गिको सहयोगले सफलता मिल्नेछ भने छोटो यात्राको योग पनि रहेको छ ।
कर्कट- आज तपाईको मनमा उत्साह जाग्नेछ । जीवनमा नयाँ किसिमको मोड आउनेछ भने पुराना साथीभाईबाट सहयोग प्राप्त हुनेछ ।
सिहं- पराक्रमको गति बढ्नाले आज तपाईका कामहरु बढेर जानेछन् । राजनितिक क्षेत्रमा सफलता मिल्नेछ भने स्वास्थ्य पनि सबल रहने छ ।
कन्या- सामाजिक सहकार्य वा कुनै महत्वपूर्ण कार्य गर्ने योग रहेको छ । बोलीको प्रभावबाट महत्वपूणर् कामहरु बन्ने दिन रहेको छ । सामाजीक भावना वृद्धि हुने योग रहेको छ ।
तुला- शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । माया प्रेममा पनि सफलता मिल्नेछ भने स्वास्थ्यमा समस्या आउन सक्छ, ख्याल गर्नुहोला ।
बृश्चिक- आटँ, साहस र धैर्यताले कामहरु बनेर जानेछन् । नयाँ व्यवसाय थालनी गर्न राम्रो समय रहेको छ ।
धनु- बोलीको प्रभावले कामहरु बनेर जानेछन् । धार्मिक कार्यमा मन लाग्नेछ भने व्यवसायिक क्षेत्रमा सफलता पनि मिल्नेछ ।
मकर- प्राविधिक रुचि बढ्नेछ भने त्यसबाट तपाईलाई लाभ पनि मिल्नेछ । आज तपाईको यात्राको योग पनि रहेको छ ।
कुम्भ- दैनिक कार्य सम्पादनमा प्रभाव नपर्ने योग रहेको छ । । समाजबाट उच्च मान सम्मान प्राप्त गर्ने दिन रहेको छ । बोलीको तिक्ष्णताले आजको दिन उर्जामय रहनेछ ।
मीन- आज तपाईको बौद्विक क्षेत्र वृद्वि हुने दिन रहेको छ । बोलीको प्रभावले राम्रा कार्यहरु हुनेछन् । सामाजिक क्षेत्रमा सफल हुनुहुने छ ।

ज्योतिषः कृष्ण भण्डारी
जेसेवा एस्ट्रोलोजी