आज मिति २०७९ साल चैत्र महिनाको २ गते बिहिबार, नवमी तिथी । आज चन्द्रमा धनु राशिमा हुनेछ । आज बिहान सूर्योदय ६:१५ मा हुनेछ भने सूर्यास्त बेलुका ६:१२ मा हुनेछ ।

आजको राशिफलः
मेषः
सामाजिक कार्य गर्नाले मनोबल उच्च रहनेछ । कामको प्रशंसा हुनेछ । आज सुरु गरेको हरेक कार्यमा तपाईलाई सफलता मिल्नेछ ।
बृषः
परोपकारको भावना बढ्नुका साथै पुराना साथीभाई सङ्ग रमाइलो भेटघाट र सहयोग प्राप्त गर्ने योग पनि रहेको छ ।
मिथुनः बोलीको प्रभावले कामहरु बनेर जानेछन् । कला र साहित्य क्षेत्रमा आज तपाईको रुचि बढेर जानेछ । बिपरीत लिङ्गिबाट सहयोग पनि प्राप्त हुनेछ ।
कर्कटः मनमा चञ्चलता बढ्नेछ । आज तपाईको उत्साहवर्दक दिन रहेको छ भने साझँपख केहि शुभ समाचार पनि सुन्न पाउनुहुनेछ ।
सिहंः आज तपाईको स्वास्थ्यमा समस्या आउने र सौन्र्दयतामा धन खर्च हुने योग पनि रहेको छ । आज तपाईले केहि चुनौतीको सामना गर्नु पर्ने पनि हुनसक्छ ।
कन्याः आज घरमा अतिथि सत्कार गर्न पाउने योग रहेको छ । आफ्नो प्रगतिमा मन रमाउने छ भने भाग्यवर्दक समय पनि रहेको छ ।
तुलाः लामो समयदेखी रोकिएका कामहरु बनेर जानेछन् । श्रमदान गर्ने अवसर पनि मिल्नेछ । रमणिय यात्राको योग पनि रहेको छ ।
बृश्चिकः आज तपाईको कला र गलाको प्रशंसा हुनेछ । बोलीको प्रभावबाट कामहरु बन्नेछन् भने स्वास्थ्यमा सुधार पनि आउनेछ ।
धनुः राजनितिक क्षेत्रको सफलताले मन हर्षित हुनेछ । प्रेम सम्बन्ध राम्रो हुनेछ भने नयाँ जागिर पाउने योग पनि रहेको छ ।
मकरः आफ्नो पराक्रमको कारण महत्वपूर्ण कामको जिम्मेवारी पाइनाले मन निकै हर्षित रहनेछ । छोटो यात्राको योग पनि रहेको छ ।
कुम्भः कुटनितिक क्षेत्रमा सहयोग प्राप्त हुनेछ । भगवान प्रति आस्था बढेर जानेछ भने नसोचेको कामहरु पनि बनेर जानेछन् ।
मीनः आज तपाईलाई कुनै नयाँ कामबाट धेरै लाभ मिल्नेछ । कृषी चौपायहरुबाट पनि आज तपाईलाई लाभ मिल्नेछ । आज मिष्ठान्न भोजनको पनि योग रहेको छ ।

ज्योतिषः कृष्ण भण्डारी
जेसेवा एस्ट्रोलोजी

https://youtu.be/cTEF2zjpAz8