आज मिति २०७९ साल चैत्र महिनाको ३ गते शुक्रबार, दशमी तिथी । आज चन्द्रमा ७:२३ धनु राशिमा र त्यसपछि चन्द्रमाको भ्रमण मकर राशिबाट हुनेछ । आज सूर्योदय बिहान ६:१४ मा हुनेछ भने सूर्यास्त बेलुका ६:१२ मिनेटमा हुनेछ ।

आजको राशिफलः
मेषः कुनै काममा सफलता प्राप्त गर्नाले मनमा उत्साह जाग्नेछ । आज नयाँ कार्यको थालनी गर्ने योग पनि रहेको छ । आज तपाईलाई समाजबाट मानसम्मान पनि प्राप्त हुन सक्नेछ ।
वृषः पराक्रम बढ्नुका साथै आज तपाईलाई भाग्यले पनि साथ दिनेछ । साथीभाइबाट साथ सहयोग प्राप्त हुनेछ । आज केहि सुखद समाचार पनि सुन्न पाउनु हुनेछ ।
मिथुनः बिपरीत लिङ्गिको सहयोग पाउनाले महत्वपूर्ण काम बन्ने योग रहेको छ । भाग्य आज तपाईको पक्षमा रहने छ । छोटो यात्राको योग रहेको छ ।
कर्कटः आटँ, साहस र धैर्यताले गर्दा सोचेको काम पुरा हुनेछ । मनका इच्छा आकाङक्षाहरु पूरा हुनेछन् । आज सङघर्षले लाभको बाटो पनि लिनेछ ।
सिहंः जोस, जागँर बढ्नुका साथै कर्म क्षेत्रमा निकै ठूलो योगदान दिनुपर्ने योग रहेको छ । राजनितिक र सामाजिक दुवै क्षेत्रमा तपाईले आज सफलता पाउनु हुनेछ ।
कन्याः तपाईको लेखन शैली राम्रो भएर जानेछ । धार्मिक क्रियाकलापमा मन जानेछ भने तपाईको आजको दिन उत्साहपूर्वक बित्नेछ । छोटो दुरीको यात्राको योग पनि रहेको छ ।
तुलाः आज तपाईको दिन एकदम खास हुनेछ । घरमा अतिथी सत्कार गर्न पाइने योग रहेको छ भने मिष्ठान्न भोजनको पनि योग रहेको छ । स्वास्थ्यमा भने ध्यान पुर्‍याउनु होला ।
बृश्चिकः पराक्रम बढ्नाले आज तपाईको दिन सुखमय रहनेछ । कृषी, चौपायहरुबाट पनि आज तपाईलाई फाइदा मिल्ने योग रहेको छ ।
धनुः कुनै पनि नयाँ कार्यको थालनी गर्दा राम्रो हुने योग रहेको छ । व्यपार, व्यवसायबाट पनि प्रशस्त धनलाभ हुने योग रहेको छ । तपाईको स्वास्थ्यमा भने खासै असर नपर्ने देखिएको छ ।
मकरः सामाजिक सहकार्य वा कुनै महत्वपूणर् कार्य गर्ने योग रहेको छ । बोलीको प्रभावबाट महत्वपूणर् कामहरु बन्ने दिन रहेको छ । भाग्य अभिवृद्धि र सामाजीक भावना वृद्धि हुने योग पनि रहेको छ ।
कुम्भः आज तपाईले विभिन्न प्रकारको उत्तरदायी भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । पुराना साथीभाई तथा ईष्टमित्रबाट पनि तपाईलाई फाइदा हुने दिन रहेको छ ।
मीनः कुटनितिक क्षेत्रमा सहयोग प्राप्त हुनेछ । प्रेम सम्बन्ध राम्रो हुनेछ । आफ्नो प्रगतिमा मन रमाउने छ भने भाग्यवर्दक समय पनि रहेको छ ।

ज्योतिषः कृष्ण भण्डारी
जेसेवा एस्ट्रोलोजी

https://youtu.be/A_6_JjfqJec