आज मिती २०७९ साल चैत्र महिनाको ४ गते शनिबार, आज पापमोचनी एकादशी व्रत रहेको छ । आज चन्द्रमा मकर राशिमा हुनेछ । आज सूर्योदय बिहान ६:१३ मा हुनेछ भने सूर्यास्त बेलुका ६:१३ मा हुनेछ ।


आजको राशिफलः
मेषः आज कुनै पनि नयाँ स्थिरताको सम्भावना रहनेछ । प्राविधिक कामबाट फइदा पाउनुका साथै व्यवसायिक कामहरुबाट पनि सफलता मिल्नेछ ।
वृषः पराक्रम बढ्नुका साथै आज काममा रुचि पनि बढ्नेछ । मिष्ठान्न भोजनका साथै आज छोटो यात्राको योग पनि रहेको छ ।
मिथुनः बोलीको प्रभावले नसोचेका कामहरु बन्ने योग रहेको छ । वैदेशिक क्षेत्रबाट आज तपाईलाई लाभ मिल्नेछ भने स्वास्थ्यमा समस्या आउन सक्छ ख्याल राख्नुहोला ।
कर्कटः नयाँ काममा जोस जागँर बढ्नेछ । मनमा उत्साह र उमङ्गले कब्जा गर्नेछ । कुनै पनि सामाजिक कार्यमा सहभागिता जनाउन पाउनु हुनेछ ।
सिहंः नयाँ क्षेत्रमा भ्रमण गर्न पाइने योग देखिएको छ । पुराना साथीभाइसङ्ग भेटघाट हुने दिन पनि रहेको छ । आज तपाईको दिन सुखमय रहने छ ।
कन्याः बोलीको प्रभावले धेरैवटा काम बन्नेछन् भने पराक्रमले पनि गति लिनेछ । व्यपारमा पनि फाइदा देखिएको छ ।
तुलाः पूराना कुराहरु सम्झनाले जोस, जागँर हराउने योग देखिए पनि हिम्मत लिएर काम गर्नाले तपाईको कामहरु बनेर जानेछन् । प्रेम सम्बन्ध भने राम्रो राम्रो भएर जानेछ ।
वृश्चिकः पराक्रमको गति बढ्नाले काम सफल हुनेछ । आज तपाईलाई कृषी वा पशु चौपायहरुबाट पनि फइदा मिल्नेछ ।
धनुः आज तपाईलाई सन्तानबाट सुख प्राप्ती हुने योग रहेको छ । घरमा अतिथी सत्कार गर्न पाइनाले मन हर्षित रहनेछ । स्वास्थ्यमा भने ध्यान पुर्‍याउनु होला ।
मकरः आज धार्मिक क्रियाकलाप तिर तपाईको मन जानेछ । तपाईले सोचेको कामहरु बनेर जानेछन् भने छोटो दुरीको यात्राको योग पनि देखिएको छ ।
कुम्भः बोलीको प्रभावबाट महत्वपूणर् कामहरु बन्ने दिन रहेको छ । भाग्य अभिवृद्धि र सामाजीक भावना वृद्धि हुने योग पनि रहेको छ ।
मीनः भाग्य आज तपाईको पक्षमा रहने छ । बिपरीत लिङ्गिबाट सहयोग प्राप्त गर्नाले आज तपाईको कामहरु बनेर जानेछन् ।

ज्योतिषः कृष्ण भण्डारी
जेसेवा एस्ट्रोलोजी