आज मिति २०७९ साल चैत्र महिनाको ५ गते आइतबार, त्रयोदशी तिथी । आज चन्द्रमा बिहान ९:३९ सम्म मकर राशिमा र त्यसपछि चन्द्रमाको भ्रमण कुम्भ राशिबाट हुनेछ । आज सूर्योदय बिहान ६:१२ मा हुनेछ भने सूर्यास्त बेलुका ६:१४ मिनेटमा हुनेछ ।

आजको राशिफलः
मेषः आज नयाँ कार्यको थालनी गर्ने योग पनि रहेको छ । भाग्य आज तपाईको पक्षमा रहने छ । छोटो यात्राको योग रहेको छ । आज तपाईलाई समाजबाट मानसम्मान पनि प्राप्त हुन सक्नेछ ।
वृषः कुनै काममा सफलता प्राप्त गर्नाले मनमा उत्साह जाग्नेछ । साथीभाइबाट साथ सहयोग प्राप्त हुनेछ । आज केहि सुखद समाचार पनि सुन्न पाउनु हुनेछ ।
मिथुनः पराक्रम बढ्नुका साथै आज तपाईलाई भाग्यले पनि साथ दिनेछ । बिपरीत लिङ्गिको सहयोग पाउनाले महत्वपूणर् काम बन्ने योग रहेको छ ।
कर्कटः आज तपाईलाई जग्गा जमिन, कृषि, पशुचौपायबाट फइदा मिल्नेछ । पढाइमा मन लाग्नेछ भने विदेशको योग पनि रहेको छ ।
सिहंः जोस, जागँर बढ्नुका साथै कर्म क्षेत्रमा निकै ठूलो योगदान दिनुपर्ने योग रहेको छ । राजनितिक र सामाजिक दुवै क्षेत्रमा तपाईले आज सफलता पाउनु हुनेछ ।
कन्याः पराक्रम बढ्नाले आज तपाईको दिन सुखमय रहनेछ । कृषी, चौपायहरुबाट पनि आज तपाईलाई फाइदा मिल्ने योग रहेको छ ।
तुलाः आज तपाईको दिन एकदम खास हुनेछ । घरमा अतिथी सत्कार गर्न पाइने योग रहेको छ भने मिष्ठान्न भोजनको पनि योग रहेको छ । स्वास्थ्यमा भने ध्यान पुर्‍याउनु होला ।
बृश्चिकः आटँ, साहस र धैर्यताले गर्दा सोचेको काम पुरा हुनेछ । मनका इच्छा आकाङक्षाहरु पूरा हुनेछन् । आज सङघर्षले लाभको बाटो पनि लिनेछ । स्वास्थ्यमा भने ध्यान पुर्‍याउनु होला ।
धनुः व्यपार, व्यवसायबाट पनि प्रशस्त धनलाभ हुने योग रहेको छ । तपाईको स्वास्थ्यमा भने खासै असर नपर्ने देखिएको छ ।
मकरः कुनै पनि नयाँ कार्यको थालनी गर्दा राम्रो हुने योग रहेको छ । बोलीको प्रभावबाट महत्वपूणर् कामहरु बन्ने दिन रहेको । भाग्य अभिवृद्धि र सामाजीक भावना वृद्धि हुने योग पनि रहेको छ ।
कुम्भः सामाजिक सहकार्य वा कुनै महत्वपूणर् कार्य गर्ने योग रहेको छ ।पुराना साथीभाई तथा ईष्टमित्रबाट पनि तपाईलाई फाइदा हुने दिन रहेको छ ।
मीनः कुटनितिक क्षेत्रमा सहयोग प्राप्त हुनेछ । पराक्रमको गति बढ्नाले आज तपाईका कामहरु बढेर जानेछन् । प्रेम सम्बन्ध राम्रो हुनेछ ।

ज्योतिषः कृष्ण भण्डारी
जेसेवा एस्ट्रोलोजी