आज मिति २०७९ साल चैत्र ११ गते शनिबार, चतुर्थी तिथी । आज चन्द्रमा १०:१५ सम्म मेष राशिमा र सो पश्चात चन्द्रमाको भ्रमण वृष राशिबाट हुनेछ । आज बिहान सूर्योदय ०६:०५ मा हुनेछ भने सूर्यास्त बेलुका ०६:१७ मा हुनेछ ।


आजको राशिफलः
मेष (चु चे चो ला लि लु ले लो अ)
कुनै पनि नयाँ कार्यको थालनी गर्दा राम्रो हुने योग रहेको छ । पराक्रम बढ्नाले आज तपाईको दिन सुखमय रहनेछ । प्रेम सम्बन्ध भने राम्रो राम्रो भएर जानेछ ।
वृष (इ उ ए ओ वा वि वु वे वो)
भाग्यशक्ति मजबुत रहनेछ । मानवीय भावना बढ्नाले कोहि दुखी मानिसहरुप्रति सद्भाव बढ्ने दिन रहेको छ । स्वास्थ्यमा भने विशेष ध्यान पुर्‍याउनुहोला ।
मिथुन ( क कि कु घ ङ(ग) छ के को ह)
आज तपाईको दिन सुखमय रहने छ ।कृषी, चौपायहरुबाट पनि आज तपाईलाई फाइदा मिल्ने योग रहेको छ ।
कर्कट (हि हु हे हो डा डि डु डे डो)
आज तपाईको घरमा पाहुनाको आगमन हुन सक्ने दिन रहेको छ । विगतमा गरेको कामबाट मानसम्मान मिल्नेछ भने स्वास्थ्य पनि सबल रहनेछ ।
सिहं (मा मि मु मे मो टा टि टु टे)
विहान उठेर सूर्योदयको दर्शन गर्नुहोला । सामाजिक काम गर्दा मनमा खुसियाली छाउने छ । आज शुरु गरेको नयाँ कामले सफलता मिल्नेछ ।
कन्या ( टो पा पी पू ष ण ठ पे पो)
तपाईलाई मानसम्मान मिल्नेछ । सहयोगी भावका कारण तपाईलाई सन्तोष मिल्नेछ । सकारात्मक सोच राखेर कुनै पनि काम गर्दा सफल हुनसक्नुहुनेछ । कसैप्रति भैरभाव राखेर काम नगर्नुहोला ।
तुला (रा री रु रे रो ता ती तु ते)
तपाईको आजको समय र दिन अनुकुल रहेको छ । मनमा हर्ष र नयाँ काम गर्दा पनि फाइदा हुनेछ । कामको प्रशंसा हुनेछ ।
वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)
तपाईलाई आजको दिन मनमा अशान्त र निराशा उत्पन्न हुनसक्छ । पारिवारिक तनावका कारण मनमा अनेक चिन्ता छाउने छ । आत्मबल बलियो बनाएर काम गर्दै जानुभयो भने सफलता प्राप्त हुनेछ ।
धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)
आजको दिन नयाँ काम गर्दा सफल हुनुहुनेछ । । धार्मिक कार्यमा मन लाग्नेछ भने अध्यात्मयात्राले तपाईलाई मनमा उर्जा थप गर्नेछ ।
मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)
तपाईले गरिरहनु भएको कामबाट धनलाभ हुनेछ । त्यसैले आजको दिन तपाईले सोचअनुसारको काम हुनेछ । सन्तानबाट सुख र बिपरीत लिङ्गिको साथ सहयोगले तपाईले राम्रो काम गर्नुहुनेछ ।
कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)
कसैलाई सापटी दिनुभएको छ भने आजको दिन पनि प्राप्त हुनसक्छ । तर, मनमा अशान्त हुनेछ । स्वास्थ्यमा निकै ध्यान दिनुहोला । कसैसँग विवाद हुने कुरा नगर्नुहोला ।
मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)

आजको दिन कुनै शुभ कामको शुरुवात गर्नुभयो भने त्यो काम यही साताभित्र सकिनेछ । कसैप्रति बैरभाव नराखी अध्ययन र आफ्नो नियमित काम गर्नुहोला ।